अाज पनि सडक सँगै हवार्इ उडान प्रभावित, कता-कता छ अवराेध ?


 


काठमाडाैं, कार्तिक १९

तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणब मुखर्जी अाज जनकपुर र पाेखरा जाँदैछन्  । राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा जाने कार्यक्रम रहेकाले काठमाडौँ उपत्यकाको सवारी आवागमन अाज कम अवराेध हुने बताइएकाे छ ।

अाज बिहान ९ देखि ११ बजेसम्म बौद्ध, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गौशाला, तिलगङ्गा, एयरपोर्ट, तीनकुने हुँदै सञ्चालन हुने सवारी साधन प्रभावित हुने भएको छ । उल्लिखित मार्ग भएर चल्ने सवारी साधनलाई पनि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

अाज सडक यातायात कम अवराेध हुने भएपनि हवाइ उडान भने पुरै प्रभावित हुने भएकाे छ । अान्तरिक तर्फका उडानहरू दिनभर जसाे प्रभावित हुन लागेका हुन् ।

जनकपुर र पाेखरा उड्ने बेला अन्तराष्ट्रिय उडान समेत बन्द गरिने भएकाे छ । मुखर्जी जनकपुर १०;२० बजे र पाेखरा १२:३० मा जाने कार्य्रकम छ ।

प्रकाशित मिति: १९ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्