सभापति देउवा दिल्ली प्रस्थान


 


sher bahadur deuba

काठमाडौं, कात्तिक १९
कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार बिहान पत्नि आरजु सँगै दिल्ली प्रस्थान गरेका छन् ।
सभापति देउवा इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भाग लिन दिल्ली गएका हुन् त्यहाँबाट उनी कार्यक्रमस्थल गोवा जानेछन् ।

फाउन्डेसनको कार्यक्रममा सहभागी भएपछि सभापति देउवाले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, काँग्रेसआईका अध्यक्ष सोनिया गान्धीलगायत नेताहरुसँग उच्चस्तरीय भेट गर्ने छन् ।

नयाँ दिल्लीमा रहँदा सभापति देउवा जवाहरलाल नेहरु विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा समेत भाग लिनेछन् र कात्तिक २३ गते स्वदेश फिर्ता हुनेछन् ।

प्रकाशित मिति: १९ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्