भारतको चतुर्याँई विरुद्ध प्रदर्शन गर्न लागेका माओवादी कार्यकर्ता प्रहरीको नियन्त्रणमा


 


काठमाडौं, कात्तिक १९
भारत विरुद्ध प्रदर्शनमा उत्रेका माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालमाथि भारतीय हस्तक्षेप र भारतबाट गोर्खा सैनिक फिर्ता गर्न मागसहित विरोध प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्त्वको नेकपा माओवादीका करिब १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको उक्त पार्टीले जनाएको छ ।

शान्ति वाटिकाबाट विरोध प्रदर्शन सुरु गरि लैनचौरस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन जानलाग्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेकोे विप्लप माओवादीका जनस्वयंसेवक प्रमुख झकबहादुर मल्लले जानकारी दिए ।

गोर्खा रेजिमेन्टका नाममा नेपाली युवालाई भारतीय सेनामा भर्ना गर्न बन्द गर्नुपर्ने र कार्यरत गोर्खा सैनिक फिर्ता गर्नुपर्ने आफूहरूको माग रहेको उनले बताए ।
कात्तिक १५ गते जम्मु कश्मिरमा भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत धरानका विमल तामाङको ज्यान गएको थियो ।

उक्त लडाईंमा ज्यान गुमाएका विमल तामाङ जस्ता सेनाको शवसमेत परिवारलाई बुझाउन आनाकानि गरिरहेको र नेपालमाथि भारतले गर्दै आएको निरन्तरको हस्तक्षेपको माओवादीले बिरोध गर्न लागेको बताएको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्