प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच एक्ला एक्लै भेटवार्ता
काठमाडौं, कात्तिक १९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एवंम प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ ।
सभामुख ओनसरी घर्तीको सिंहदरबारस्थित कार्यकक्षमा भएको वन टु वन भेटमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा सहयोग गर्नका लागि प्रतिपक्ष एमाले अध्यक्ष ओलीलाई आग्रह गरे ।
उक्त भेटमा प्रचण्डले संविधान संशोधन र निर्वाचनका विषयमा एकमत भएर अगाडि बढ्न प्रस्ताव राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
उनका अनुसार प्रधानमन्त्री प्रचण्डको आग्रहमा भएको भेटवार्तामा संविधान संशोधन लगायतका विषयमा छलफल भएको र प्रमुख सबैदल मिलेर संविधान कार्यान्वयन गर्ने तथा निर्वाचनको निम्ति अगाडि बढ्न प्रधानमन्त्रीले प्रस्ताव राखेका थिए ।
आचार्यले प्रधानमन्त्रीको प्रस्तावमा एमाले अध्यक्ष ओली सकरात्मक रहेको बताए ।
भेटवार्ता सकिएपछि बाहिरिने क्रममा ओलीले समसामयीक विषयमा छलफल भएको बताए ।