अवरुद्ध एक्सरे सेवा सुचारु



x-rayबैतडी, कार्तिक २०

जिल्ला अस्पताल बैतडीमा अवरुद्ध भएको एक्सरे सेवा करिब दुई महिनापछि सुचारु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको पहलमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको नयाँ एक्सरे मेसिन जडान गरिएपछि शुक्रबारदेखि एक्सरे सेवा सुचारु भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए ।

झन्डै १८ वर्ष पुरानो एक्सरे मेसिन बेलाबेलामा बिग्रन थालेपछि गएको भदौ महिनादेखि एक्सरे सेवा नै प्रभावित भएको थियो । एक्सरे सेवा सुचारु भएपछि सो सेवाका लिनका लागि सीमावर्ती भारतको पिथौरागढ र अन्य ठाउँका अस्पतालमा जानुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News