माछापुच्छ्रे बैंकका ग्राहकलाई अन्नपुर्ण केबुलकार चढ्दा १०% छुट


 


काठमाडौं, जेठ ६
माछापुच्छ्रे बैंकले पोखरामा अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० % छुट दिने भएको छ ।

पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्धेश्यले यस सम्बन्धि व्यवसायिक सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा अन्नपुर्ण केबुलकार प्रा.लि. को तर्फबाट महा प्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकको तर्फबाट शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।

अन्नपुर्ण केबुलकार पोखराको पहिलो केब्बुलकार सुविधा हो जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पु¥याउर्दै आई रहेको छ ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले अन्नपुर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १०% सम्म छुट पाउनेछन् ।

उक्त केबुलकार सुविधा पोखराको सेदीबगर देखि सारङ्खकोटसम्म रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट/ क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

प्रकाशित मिति: ६ जेष्ठ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्