साइकलिङ रेस सुरु


 


cycleलमजुङ, कात्तिक २०

विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकलिङ प्रतियोगितामध्येको एक ‘याक अट्याक’ साइकलिङ रेस सुरु भएको छ ।याक अट्याक्क इन्टरनेसनल बाइकिङ सिरिजको दशौं संस्करण लमजुङबाट सुरु भएको हो ।

पहिलो दिनको रेस बेसिसहरबाट सुरु भएर चन्डीडाँडा, बाग्लुङपानी, घलेगाउँ फेदी हुँदै भलाम, सिम्पानी, खुदी भएर बेसीसहर आएर टुंगिएको छ । प्रतियोगीले करिब ३२ किलोमिटर दौडेका छन् ।

दोस्रो दिन बेसिसहरबाट सुरु हुने साइकलिङ मनाङ सदरमुकाम चामे पुग्ने छ ।

कुल १२ दिनको संस्करणमा प्रतियोगिहरुले १० दिन साइकलिङ र २ दिन आराम गर्नेछन् ।

प्रतियोगिता यसअघि काठमाडौंको शिवपुरीबाट सुरु भएर नुवाकोट, गोरखा हुँदै लमजुङ आएर चक्रीय अन्नपूर्ण पदमार्गमा प्रवेश हुने गरेको थियो ।

बेलायतस्थित माउन्टेन बाइकिङ वर्ल्ड वाइडको आयोजना र नेपालस्थित यति ग्रुप अफ कम्पनीज्अन्तर्गत् यति ट्रेल्सको व्यवस्थापनमा भएको प्रतियोगितामा नेपालसहित १४ देशका ३१ पुरुष र ८ महिला सहभागी छन् । नेपाली ८ जनाले सहभागिता जनाएकोमा १ जना महिला छन् ।

प्रतियोगिताका निर्देशक इभान्सका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई १ हजार २ सय ५० अमेरिकी डलर, दोस्रोलाई ७ सय ५० डलर र तेस्रोलाई ५ सय डलर पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्