सेञ्चुरी बैंकको डबल धमाका मुद्धती खाता



काठमाडौं, जेठ २३
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेञ्चुरी डबल धमाका मुद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।

सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम रु. १०,००० मा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिंग, भिषा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ ।

साथै यस खातामा साँवा रकमको ८०% सम्म ऋणपनि लिन सकिनेछ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ ।

आधुनिक बैंकिङ्ग प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News