माछापुच्छ्रे बैंकद्वारा वृक्षारोपण


 


काठमाडौं, जेठ २३
माछापुच्छ्रे बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३ स्थित सेती देवी,दुमाल डाँडा,जेसिज वनमा वृक्षारोपण गरेको छ ।

बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन जेसिज थानकोट र लुम्बिनी वल्र्ड पिस फोरम सँगको सहकार्यमा दश लाख वृक्षारोपण अभियान अन्तर्गत विश्व वातावरण दिवसको अवसरमा उक्त वृक्षारोपण कार्यक्रममा सहभागी भएको हो ।

माछापुच्छ्रे बैंकले बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्