अब बैतडीमा १० स्थानीय तह बन्ने



beitadiबैतडी, कार्तिक २१

बैतडीमा १० वटा स्थानीय तहको प्रस्ताव स्थानीय तह पुनः संरचना आयोगमा पठाइने भएको छ ।

यसअघि स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले प्रस्ताव गरेको १० वटा स्थानीय तहको खाका नै आयोगमा पठाउने निर्णय भएको जिल्ला विकास समिति बैतडीका कार्यक्रम अधिकृत अम्बादत्त अवस्थीले जानकारी दिए ।

शनिवार १० वटा खाकामा असहमति जनाएका गाविसको हकमा देहीमान्डौँमा दशरथचन्द नगरपालिकाको केन्द्र प्रस्ताव गर्ने सहमति भएको छ भने मेलौली गाउँपालिकालाई नगरपालिकाको रुपमा सिफारिस गर्ने निर्णय भएको छ ।

यसैगरी इलाका नं ११ मा रहेका गाविस तल्लादेही, कटौजपानी, मठैराज, रिम र विजयपुरलाई ११औँ तहका रुपमा सिफारिस गर्ने र अन्तिम टुङ्गो आयोगले नै लगाउने कार्यक्रम अधिकृत अवस्थीले बताए । असहमति भएका ठाउँका मागलाई अलग्गै प्रतिवेदनका रुपमा बुझाउने र स्थानीय तहको खाका भने १० वटाको नै बुझाउने उनले जनाए ।

स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले तीन नगरपालिका र सात गाउँपालिका गरी १० वटा स्थानीय तह प्रस्ताव गरेको छ । जसमा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुरचौडी नगरपालिका, चमेलिया÷डिलासैनी गाउँपालिका, दोगडा–केदार गाउँपालिका, सुनर्या÷पातालभूमेश्वर गाउँपालिका, सिगास गाउँपालिका, मेलौली गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News