माछापुच्छ्रे बैंकले ल्यायो साढे ६ वर्षमा डब्बल धमाका योजना



काठमाडौं, असार ३
माछापुच्छ्रे बैंक लिमिटेडले माछापुच्छ्रे स्मार्ट मुद्धती खाता संचालनमा ल्याएको छ । उक्त खाता अन्र्तगत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।

माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम रु. ५०,००० मा नै खोल्न सकिनेछ । साथै बैंकले यस खातामा साँवा रकमको ९०% सम्म ऋण ग्राहकलाई प्रदान गर्ने छ । ग्राहकहरुले यो खाता बैंकका देशभर रहेका १६५ शाखाहरुबाट खोल्न सक्नेछन् ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News