चेल्सी शिर्ष स्थानमा



chelsi-new-photoकाठमाण्डौ, कार्तिक २१

एभर्टनलाई हराँउदै चेल्सी इंङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ ।

गय राती आफ्नै मैदानमा भएको खेलमा चेल्सीले एभर्टनलाई ५-० ले हरायो । खेलमा चेल्सीलाई विजयी गराउन एडिन हाजार्डले दुई गोल गरे भने डिएगो कोष्टा, मार्कस अलन्सो र पेड्रोले एक एक गोल गरे ।

जीतसँगै चेल्सी प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । ११ खेलबाट उसको २५ अंक भएको छ ।

समान खेलबाट २४ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ । राती भएको खेलमा म्यान्चेस्टर सिटीलाई मिडिल्सब्रोले १-१ गोलको बराबरीमा रोकेको थियो ।

प्रिमियर लिग अन्तर्गतका अन्य खेलहरुमा बर्नलेले क्रिष्टल प्यालेसलाई ३-२ ले हराँउदा सण्डरल्याण्डले बर्नमाउथलाई २-१ ले पराजित गर्‍यो ।

वेष्ट ह्याम युनाईटेड र स्टोक सिटीले भने १-१ गोलको बराबरी खेलेका छन् ।

प्रिमियर लिग फुटबलमा आज वेलुकी ५ खेल हुनेछन् । आज हुने लण्डन डर्बीमा आर्सनल र टोटनह्याम हट्सपर भिड्दा म्यान्चेस्टर युनाईटेडले स्वान्सी सिटीसँग खेल्नेछ ।

यसैगरी लिभरपुल र वाट्फोर्ड, हल सिटी र साउथह्याम्पटन तथा लेष्टर सिटी र वेष्ट ब्रोम भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News