सिटाैला पक्षका अध्यक्षका प्रत्यासी उत्तम चाँपागार्इ भन्छन्- ‘निर्धारित मितिमै महाधिवेशन हुनुपर्छ’


 


काठमाडाैं, कार्तिक २१

कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधर नेपाल तरुण दलका नेताहरुले निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने माग गरेका छन् । पूर्व सचिव उत्तम चापागाईले आफु अध्यक्ष हुने भए अथवा आफुले चाहेको मान्छे हुने भएमात्रै महाधिवेशन हुन दिने नभए हुन नदिने भन्ने कुरा सर्वथा अमान्य भएको टिप्पणी गरे । उनि अध्यक्षका प्रत्यासी समेत हुन् ।

केन्द्रीय सदस्य नारायणप्रसाद भट्टराईले निर्धारित मितिमै विधिसम्मत् महाधिवेशन हुनुपर्ने बताउँदै संगठनको परिपाटीलाई खलबल्याउँदा कसैको हित नहुने स्पष्ट पारे । आइतबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरुले कुनैपनि बहानावाजी, छलछाम र षडयन्त्रका तानाबुना नबुनी स्वतन्त्र र पारदर्शी ढंगले निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्न माग गरेका छन् ।

उनले भने, ‘विधिवत महाधिवेशन हुनुपर्छ भन्ने हाम्रो जोडदार माग छ, पार्टीले नै गठन गरेको निर्देशक समितिको सर्वसम्मत् निर्णयले नै मिति तय भएको हो, त्यसैले यो मितिलाई अब सार्नुहुँदैन ।’

भट्टराईले आफूहरु निर्वाचनको पक्षमा रहेको भन्दै टिके प्रथा कुनै हालतमा लाद्न नदिने उद्धघोष गर्दै भने, ‘पर्दा पछाडिबाट नियोजित स्वार्थ पुर्ति गर्ने नियत पूरा हुन दिन्नौं, हामी प्रजातान्त्रिक अभ्यासको पक्षमा छौं ।’

प्रकाशित मिति: २१ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्