Deshko News
१४ आश्विन २०८०, आइतबार

विनोद चौधरीलाई सम्मान गरिने



binod-chaudaryकाठमाण्डौ , कार्तिक २१

फ्रस्ट एण्ड सुलिभनले नेपालमा वृद्धि, नविनता र नेतृत्व सम्मेलन २०१६ जिआइएल आयोजना गर्ने भएको छ । सम्मेलन काठमाण्डौँको सोल्टी क्राउन प्लाजामा कात्तिक २४ गते हुनेछ ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका संस्थापक अध्यक्ष तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई फ्रस्ट एण्ड सलिभनको प्रतिष्ठित ग्रोथ, इनोभेसन एण्ड लिडरसिप पुरस्कारबाट सम्मानित गरिनेछ ।

चौधरीलाई उनको दृढता, लगनशीलता र नेतृत्वका लागि मात्र नभएर उनले नेपालको स्वास्थ्य, शिक्षा, युवा सशक्तिकरण, र रोजगारीको क्षेत्रमा पुर्‍याएको योगदानका लागि पनि सम्मानित गरिँदैछ ।

प्रख्यात फोब्र्स पत्रिकाको अर्बपतिहरूको सूची सामेल हुन सफल उनी चौधरीले विभिन्न पाँचवटा महादेशहरूमा फैलिएका १२२ वटा कम्पनी तथा ७६ ब्राण्ड भएको र देशकै सबैभन्दा ठूलो औद्योगिक घराना चौधरी ग्रुप (सिजी)को नेतृत्व गर्छन् ।

जिआइएलः २०१६ को यात्रालाई फ्रस्ट एण्ड सलिभानका विश्वव्यापी अध्यक्ष तथा प्रबन्ध साझेदार अरुप जुत्सीले सोल्टी क्राउनप्लाजाका अध्यक्ष प्रभाकर शम्शेर जबरासँग संयुक्त रुपमा उद्घाटन गर्नेछन् ।

सम्मलेनमा जुत्सीले व्यक्तिगत र कम्पनी दुवैको हकमा भविष्यको व्यापारिक वातावरणमा कसरी आफूलाई जोगाइ रहन सक्छन् भन्ने विषयमा  धारणा प्रस्तुत गर्नेछन् ।

उनले परिकल्पनासहितको नविनता, व्यावसायिक वृद्धि, डिजिटल परिवर्तन, र यस परिवर्तनबाट सिर्जना हुने अनिश्चितताको कसरी सामना गर्ने भन्ने विषयमा छलफल गराउनेछन् ।

“नेपाल डिजिटल हुने आधारको विकास गर्नेछ जसले परिवर्तन ल्याउने छ । विभिन्न उद्योगहरूमा नयाँ परिवेशको नेतृत्व गर्नेछ, र कार्यान्वयन भएसँगै, यसले नागरिकहरूका लागि ठूलो अवसरको ढोका खोल्नछ । र देशको आर्थिक वृद्धि पनि गर्नेछ,” जुत्सीले भने ।

पेमाण्डुका प्रमुख कार्यकारी अधिकृत र मलेसियाका प्रधानमन्त्रीको विभागअन्तर्गतको बिएफआर इन्स्िटच्यूटका प्रबन्ध निर्देशक वाइबी डाटो’ इद्रिस जलापनि यस सम्मेलनमा सहभागी हुँदैछन् ।

फ्रस्ट एण्ड सुलिभनका वरिष्ठ साझेदार एवं एशिया प्रशान्त क्षेत्रका प्रबन्ध निर्देशक मनोज मेननले व्यापारिक मोडल र नेपालमा वृद्धिका अवसरहरू विषयक प्रबुद्ध परिषदको नेतृत्व गर्नेछन् ।

प्रकाशित मिति: २१ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News