एटीएम कार्डको डाटा चोरेर पैसा निकाल्ने ३ विदेशी पक्राउ


 


hatya pakrau

काठमाडौं, कात्तिक २२
एटीएम कार्डको डाटा तथा पीन चोरी गरी अनधिकृत रुपमा रकम निकाल्ने ३ विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

यसरी अनधिकृत रुपमा रकम झिक्ने उनीहरु रोमानियन नागरिक रहेका र उनीहरुलाई राजधानीको ठमेलमा रहेको होटल नेपाल ताराबाट पक्राउ गरेको प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेमा ५२ वर्षीय गिजा ह्यूजम, ४८ वर्षीय योसिफ मोरारु, र ४५ वर्षीय एलेक्स क्रिष्टियन बघिउर्लान रहेका छन् ।

उनीहरुको साथबाट विभिन्न स्वदेशी तथा विदेशी नोट, अवैध सामान, उपकरणहरु पनि बरामद गरिएको र उनीहरुविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन ०६४ बमोजिम आवश्यक अनुसन्धान अघि बढिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्