रूसमा अमेरिकी बास्केटबल खेलाडीलाई ९ वर्ष जेल


 


एजेन्सी, साउन २०
रुसमा अमेरिकी बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनरलाई ९ वर्षको जेल सजाय सुनाइएको छ । रुसको एक अदालतले उनलाई तस्करी र लागूऔषध राखेको अभियोगमा दोषी ठहर गरेको थियो ।

उनलाई साढे नौ वर्ष कैद सजाय माग गरिको थियो । दोहोरो ओलम्पिक विजेता ३१ वर्षीय ग्रिनरले गाँजाको तेल राखेको स्वीकार गर्दै आफूले इमानदार गल्ती गरेको बताएकी थिइन् ।

विश्वकै उत्कृष्ट महिला खेलाडीमध्ये एक मानिने ग्रिनरलाई गएको फेब्रुअरीमा मस्को नजिकैको विमानस्थलमा गाँजाको तेल भएको भेप कार्टेज भेटिएपछि पक्राउ गरिएको थियो । उनी अमेरिकाको अफ सिजनमा क्लब बास्केटबल खेल्न रुस पुगेकी थिइन् ।

लगत्तै रुसले युक्रेनमाथि आक्रमण शुरू गरेको थियो । उनको मुद्दा अमेरिका र रुसबीचको उच्चस्तरीय कूटनीतिको विषय समेत बनेको छ।

प्रकाशित मिति: २० श्रावण २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्