इष्टर्न हाइड्रोपावरको आइपिओ खुल्यो, कसले र कति कित्ताका लागि आवेदन दिने ?


 


काठमाडौं, भदौ ७
इष्टर्न हाइड्रोपावर लिमिटेडले आज देखि आइपिओ निष्कासन गरेको छ । हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्र भोजपुरका लागि आइपिओ निष्काशन गरेको हो ।

कम्पनीले भोजपुर जिल्लाका स्थानीय बासिन्दाका लागि ६ लाख २० हजार कित्ता आइपिओ निष्कासन गरेको हो ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आइपिओमा आवेदन दिन पाउनेछन् ।

उक्त आइपिओमा भदौ २१ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सम्पूर्ण सेयर बिक्री नभएमा असोज ५ गतेसम्म आवेदन दिने समय थप हुने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

बिक्री प्रवन्धकसँगै आवेदकले एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक र प्रभु बैंकको भोजपुर शाखा एवं प्रभु बैंकको हतुवागढी शाखाबाट र नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: ७ भाद्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्