ज्ञानेन्द्र शाह आज सिंगापुर जाने



king-12-gyanendra-grकाठमाडौं, कात्तिक २४

पूर्व राजा ज्ञानेन्द्र शाह आज सिंगापुर भ्रमणमा जाने भएका छन् । निजी भनिएको भ्रमण कति दिनको भन्ने कुनै तय भएको छैन ।

सिंगापुरबाट उनी भारततर्फ लाग्नेछन् । भारतमा रहँदा पूर्व राजा ज्ञानेन्द्र शाहले भारतका उच्च अधिकृतहरुसंग भेटघाट हुने कार्यक्रम रहेको बताइएको छ ।

उनको भ्रमणमा पूर्व युवराज्ञी हिमानी शाह पनि सहभागी हुनेछिन् भने हिमानी केही दिन अघी नै सिंगापुर पुगिसकेकी छिन् । पूर्व राजाका साथमा उनका स्वकाीय सचिव सागर तिमल्सिना पनि जाने श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News