अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको मृत्यु


 


खोटाङ, जेठ २६ – खोटाङमा अत्यधिक रक्तश्रावका कारण एक सुत्केरी महिलाको ज्यान गएको छ । डिकुवा–६ की २८ वर्षकी सीता खत्री राईको मंगलबार दिउँसो घरैमा ज्यान गएको हो ।

कमजोर शारीरिक अवस्था भएकी सीताको अत्यधिक रक्तश्रावका कारण ज्यानगएको हो । दुई छोरा र दुई छोरीकी आमा बनिसकेकी सीताको बच्चा जन्मिए लगत्तै ज्यान गएको छिमेकी रुपा राईले जानकारी दिनुभयो ।

नवजात शिशुलाई अन्य महिलाको दुध चुसाएर बचाउने प्रयास भइरहेको छ । सीताका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा कतारमा छन् ।

प्रकाशित मिति: २६ जेष्ठ २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्