पोखराको हङकङ बजारमा आगलागी


 


aago-lagi1काठमाण्डौ ,कार्तिक २५

पोखराको पृथ्वी चोकनजिक हङकङ बजारमा गय राति आगलागी भएको छ ।

राति अबेर भएको आगलागीको हङकङ बजारको पूर्वतर्फ सहारा क्बलको अगाडी रहेका २५ वटा सटर पूर्ण क्षति पुर्‍याएको छ ।

राती अवेरमात्रै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासिन्दा र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट कति क्षति भयो भन्ने पूर्ण विवरण आएको छैन । लत्ताकपडा, जुत्ता, खाद्यान्न, कस्मेटीक लगाएतका पसलमा आगो लागेको प्रहरीले जनाएको छ ।

विद्युत सट भएर आगो लागेको हुने सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्