Deshko News
१३ आश्विन २०८०, शनिबार

कोरोनाको नयाँ स्वरूप देखिएपछि पन्ध्र लाख मात्रा फाइजर खोप ल्याइने तयारी



काठमाडौं, पाैष १२
छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ खोप ल्याउने प्रक्रिया अघि बढाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य सेवा विभागले गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउने तयारी भइरहेको जानकारी दिए। उक्त खोप नयाँ भेरियन्टका लागि प्रभावकारी रहेको पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेपछि खोप ल्याउने तयारी भइरहेको हो ।

सचिव पोखरेलका अनुसार स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले औषधि व्यवस्था विभागसँग अनुमतिसमेत मागिसकेको छ । महाशाखाका निर्देशक डा. विवेककुमार लालले विभागबाट आकस्मिक प्रयोगका लागि अनुमति पाउनासाथ कोभ्याक्समा पठाउने जानकारी गराए ।

उनले १५ लाख मात्रा खोप आउने जानकारी दिए । यसअघि अध्यादेशमार्फत आकस्मिक प्रयोगका लागि खोपको अनुमति दिइने गरेको थियो । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: १२ पुस २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News