भोजपुरका भुकम्पपीडितलाई लौन केही गरौ अभियानको सहयोग


 


भोजपुर, जेठ २७

rakam
राहत रकम प्रदान गर्दे काङमाङ । तस्बिर काङमाङको फेसबुकबाट

भाेजपुरको सुदूर उत्तरी गाविसका भुकम्पपीडितलाई ‘लाैन केही गराैँ अभियानले राहत वितरण गरेको छ । अभियानले तीन सय ५० घरहरूमा नगद राहत बितरण गरेकाे हाे । खाटाम्मा र दाेभाने गाविसका भूकम्प पीडितका घरमै गएर अभियानका अभियन्ता अजम्बर राई काङमाङले १५ लाख नगद बितरण गरेका हुन् । अभियानलाई देश विदेशबाट उपलब्ध गराइएकाे नगद राहत यो क्षेत्रमा बितरण गरिएकाे हाे । भुकम्पका पीडितको अवस्था हेरेर एक हजार एक सय ११ रुपैयाँदेखी ३३ हजार तीन सय ३३ रुपैयाँसम्म राहत रकम प्रदान गरिएको थियो । यो अभियानले निरन्तरता पाउँने अभियन्ता काङमाङको भनाई छ । काङमाङ संघीय समाजवादी पार्टीका उप महासचिव समेत हुन् ।

प्रकाशित मिति: २७ जेष्ठ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्