तीन भारतीय नागरिक प्रकाउ


 


चितवन, कार्तिक २७

नारायण–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुरको रामनगरमा ६६ किलो चरेससहित तीन जना भारतीय नागरिक शुक्रबार साँझ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मकवानपुरको दामनबाट नौबिसे हुँदै चितवनको बाटोबाट भारततर्फ लैजाने क्रममा बिआर ५५–३०७० नम्बरको गाडीमा चरेस लुकाइछिपाइ लादै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

गाडीको चेसिस तल फल्स बटम बनाइ लुकाइ राखेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको हो । सो क्रममा गाडीका चालक भारत मोतीहारीका २५ वर्षीय चुन्नु तिवारी, सोही ठाउँ बस्ने २८ वर्षीय सुधीरकुमार दुबे र २६ वर्षीय चन्दन त्रिपाठी पक्राउ परेका छन् ।

यसअघि उनीहरुले तीनपटकसम्म लुकाइछिपाइ लागुऔषध चरेस लगेको बयान दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २७ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्