प्रचण्ड र देउवाबीच यस्तो भयो कुराकानी!


 


sherbahadur-prachand

काठमाडौं, कात्तिक २७
संविधान संशोधनको प्रस्तावका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा दुबै नेताबीच संविधान संशोधनको प्रस्तावको मुख्य विषय सीमाङ्कन हेरफेरमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

संविधानमा तराई केन्द्रित दलहरुले समानुपातिक समावेशीता र नागरिकतालगायतका विषयमा असन्तुष्टि राख्दै संविधान संशोधनको माग गर्दै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सत्तारुढ, प्रतिपक्ष र आन्दोलनरत दललाई मान्य हुने गरी संविधान संशोधनको प्रस्ताव आइतबार संसदमा दर्ता गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: २७ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्