बन्दले सर्वसाधारणलाई सास्ती


 


काठमाडौं, कात्तिक २८
नेत्र विक्रम चन्द ‘विप्लप’ नेतृत्वको माओवादीले गरेको नेपाल बन्दका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

घरबाट विभिन्न सामान लिएर टाढा टाढाबाट बिहान राजधानी उत्रिएका सर्वसाधारणले बढी सास्ती खेप्नु परेको छ ।

राजधानीका मुख्य मुख्य चोकमा सुरक्षाकर्मी खटिए पनि सार्वजनिक यातायातका साधन भने खासै चल्न सकेका छैनन् ।

प्रकाशित मिति: २८ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्