भाइको कुटाइबाट दाजुको मृत्यु



फलेवास (पर्वत), कार्तिक २८

उत्तरी पर्वतका क्याङ गाविस–६ उपल्लोफाँटमा घरायसी विवादका क्रममा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ । गएराति ८ बजे स्थानीयवासी ४२ वर्षीय दलबहादुर पुर्जाको आफ्नै भाइ ३६ वर्षीय बलबहादुर पुर्जाको कुटाइबाट ज्यान गएको हो ।

घरायसी सामान्य विवाद हुँदा टाउकोमा ढुङ्गाले लागी गम्भीर घाइते भएका दलबहादुरको उपचारका लागि गण्डकी अस्पताल, पोखरा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिप्रका, पर्वतले जनाएको छ ।

उक्त घटनामा संलग्न बलबहादुरलाई जिप्रका, पर्वतले पक्राउ गरेको छ । शव गण्डकी अस्पताल पोखरामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पर्वतका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News