जनजाति महासंघमा काे–काे चयन भए ?



prithivi_subba_gurungकाठमाडौँ, कार्तिक २९

नेकपा (एमाले)को भातृ सङ्गठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीका सचिव पृथ्वीसुब्बा गुरुङलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।

यही कात्तिक २७ गतेदेखि आजसम्म भएको महाधिवेशनको बैठकले सर्वसम्मत नेतृत्व चयन गरेको हो । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा शेरबहादुर तामाङ, उपाध्यक्षमा कृपासुर शेर्पा, शरण राई, झकबहादुर थापामगर, शान्ता चौधरी, तिलकुमार मेन्याङ्वो, पासाङ शेर्पा, र चित्र थापामगर चयन भएका छन् ।

महासचिवमा पर्शुराम मेघी गुरुङ, उपमहासचिवमा टासी लामा र विजयसिंह लोप्चन, सचिवमा रामचन्द्र बल, पिके राई, शारदा कुमाल र देवराज राई चयन भएका हुन् ।

कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ तथा सहकोषाध्यक्षमा रामप्रसाद चौधरीलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News