पाकिस्तानमा फेरि अर्का एक पूर्वमन्त्री घरबाटै पक्राउ


 


एजेन्सी – पाकिस्तानका पूर्व मानवअधिकार मन्त्री शिरिन मजारी पक्राउ परेका छन् । पाकिस्तान तहरिक–ए–इन्साफले पार्टीकी वरिष्ठ नेता मजारीलाई आज बिहान इस्लामाबाद पुलिसले घरबाटै पक्राउ गरेको जनाएको छ ।

सुरक्षा निकायले मजारी पक्राउ पर्नुको कारण खुलाएको छैन । यसअघि बुधवार बेलुका पूर्व विदेशमन्त्री एवं पाकिस्तान तहरिक–ए–इन्साफका नेता शाह महमूद कुरैशी पक्राउ परेका थिए । त्यसअघि गत मङ्गलवार पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि पाकिस्तानमा प्रदर्शन भइरहेको छ।

पाकिस्तानको सर्वोच्च अदालतले हिजो खानको गिरफ्तारीलाई अवैध बताउँदै इस्लामाबाद उच्च अदालतमा पेस हुन भनेको छ ।

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्