न्यूयोर्कमा श्वेत अमेरिकीद्वारा अश्वेत नागरिकको घाटी थिची हत्या


 


न्यूयोर्क, वैशाख ३० । श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यूयोर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । पेनीलाई शुक्रबार दिउँसो म्यानहट्टन फौजदारी अदालतमा उपस्थित गराइँदै छ ।

मे १ मा नीलीको मृत्यु भएकै दिनमा न्यूयोर्क प्रहरीले पेनीलाई सोधपुछ मात्र गरेर रिहा गरेको थियो जसका कारण व्यापक विरोध प्रदर्शन भएको थियो । मे ३ मा नीलीको हत्या भएको अनुसन्धानबाट पुष्टि भएपछि मुद्दा अगाडि बढाइएको छ ।

म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयका प्रवक्ताले बिहीबार पेनीलाई नरसंहारको आरोपमा पक्राउ गरिने बताएका छन् । राससरसिन्ह्वा

प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्