आदिवासी जनजाति महासङ्घको केन्द्रिय सदस्यमा तारादेवी


 


tara-devi-raiकाठमाडाैं, कार्तिक ३०

नेकपा (एमाले)को भातृ सङ्गठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशनले सांसद तारादेवी रार्इ केन्द्रिय सदस्यमा सर्वसम्मत चयन हुनु भएकाे छ ।

यही कात्तिक २७ गतेदेखि साेमबारसम्म भएको महाधिवेशनको बैठकले सर्वसम्मत नेतृत्व चयन गरेको थियाे । ७१ सदस्यिय नयाँ कार्य समितिमा सांसद रार्इले केन्द्रिय सदस्यकाे जिम्मेवारी पाउनु भएकाे हाे ।

रार्इ २०१५ सालमा भाेजपुरकाे बासिखाेरा गाविस–५ सान्दिलुङमा जन्मनु भएकाे हाे । शहिद राम प्रसाद रार्इकी नातिनी समेत रहनु भएकी तारादेवी एमालेकाे तर्फबाट रूपान्तरित व्यवस्थापिकाकाे सांसद हुनुहुन्छ ।

यसअघि रार्इले माेरङ एमाले तथा विभिन्न जनवर्गीय संगठनमा काम गर्दे अाउनु भएकाे छ । माेरङ एमालेकाे जिल्ला कमिटी सदस्य, महाधिवेशन प्रतिनिधि, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुँदै अनेमसंघकाे केन्द्रिय सदस्य समेत रार्इ हुनुहुन्थ्याे ।

नेपाल बैंकमा हुँदा रार्इले नेपाल बैंक कर्मचारी संघकाे केन्द्रिय सदस्य हुँदै लामाे समयसम्म महिला विभाग प्रमुखकाे भूमिका निर्वाह गरिसक्नु भएकाे छ । उहाँ अनेमसंघकाे सल्लाहाकार परिषद सदस्य समेत हुनुहुन्छ । मंगलबार पार्टी केन्द्रिय कार्यालयमा नव निर्वाचित कार्यसमितिलार्इ बधार्इ तथा प्रमाणपत्र वितरण गरिएकाे थियाे ।

जनजाति महासंघमा काे–काे चयन भए ?

प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्