Deshko News
१८ आश्विन २०८०, बिहिबार

साताको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से



काठमाडौं, वैशाख ३१ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबारको ३.३३ अंकले घटेको बजारमा आज २७ लाख ८८ हजार ८१५ कित्ता शेयरको खरिदबिक्री हुँदा ९० करोड पाँच लाख ६३ हजार ८५६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको तुलनामा आज कारोबार रकम भने बढेको छ ।

कारोबारका आधारमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था सकारात्मक सर्किटका साथ सर्वाधिक नाफा कमाउनेमा शीर्ष स्थानमा रहेको छ । सर्वाधिक गुमाउनेमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी र स्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेड रहेका छन् ।

त्यस्तै उपसमूहतर्फ रहने १३ वटा समूहमध्ये इन्भेष्टमेन्ट इन्डेक्सबाहेकका सबै समूहको शेयर मूल्यमा गिरावट देखिएको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News