दोहोरो अंकले बढ्यो नेप्से


 


काठमाडौं, जेठ ३ । बुधबार सेयर बजारमा नेप्से परिसूचक २३.३९ अंक बढेर १८४५ अंकमा कायम भएको छ । कुल ८५ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभर १८७ कम्पनीको मूल्य बढ्दा २५ को घट्यो भने ७ को स्थिर रहृयो ।

बैंकिङ ८, विकास बैंक ५४, फाइनान्स ३४, होटल तथा पर्यटन २०, जलविद्युत् ४९, जीवन बीमा ९३, उत्पादन ३७, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा १७१, अन्य ३० र ब्यापार उपसमूह १४ अंक बढे । आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । इस्टर्न हाइड्रोपावरको ९.७, ग्रिनलाइफ हाइड्रोपावरको ९.७, आदर्श लघुवित्तको ८ र साहस ऊर्जाको मूल्य ७.८ प्रतिशत बढ्यो ।

माइखोला हाइड्रोपावरको मूल्य भने सबैभन्दा धेरै ७.९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, एनआईसी एसिया बैंक, नागरिक लगानी कोष र माइखोला हाइड्रोपावर क्रमशः अगाडि रहे । बजारको पुँजीकरण २६ खर्ब ९१ अर्ब कायम भएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्