पाकिस्तानका पूर्व प्रधानमन्त्री खानले घरमै लुकाए आतंकवादी !


 


काठमाडौं, जेठ ३ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि घरमै आतंककारी लुकाएर राखेको आरोप लागेको छ । पञ्जाब सरकारले उनको जमान पार्कस्थित घरमा ३०–४० जना आतङ्कवादी लुकेको दाबी गरेको हो ।

पञ्जाबको अन्तरिम सरकारले पीटीआईलाई लाहोरमा पूर्व प्रधानमन्त्रीको निवासमा शरण लिएका ३०–४० आतंकवादीहरू प्रहरीलाई सुम्पिन २४ घण्टाको समयसीमा दिएको छ।

कार्यवाहक सूचना मन्त्री आमिर मिरले बुधवार लाहोरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन पीटीआईले आतंककारीहरू पुलिसलाई नसुम्पिए कानून अनुसार अघि बढ्ने चेतावनी दिए ।

उनले भरपर्दो खुफिया रिपोर्ट प्राप्त भएकाले ती ‘आतंकवादी’को उपस्थितिबारे सरकार सचेत रहेको पनि बताए । खानमाथि भ्रष्टाचारको पनि आरोप लागेको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्