क्रिकेट विश्वकप छनोटमा नेपाल समूह ‘ए’मा, कुन–कुन देश छन् ?


 


काठमाडौं, जेठ ९ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेष्टइण्डिज र जिम्बावेको समूहमा परेको छ ।

आईसीसीले आज (मंगलबार) गरेको ड्र अनुसार नेपाल, वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका समूह ‘ए’मा परेका हुन् ।

समूह ‘बीडमा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् । छनोट प्रतियोगिता आगामी जुन–जुलाईमा जिम्बावेमा हुँदैछ । लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

सुपर सिक्समा पर्ने टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष २ टिम छनोट प्रतियोगिताको फाइनलमा पुग्दै आउँदो वर्ष भारतमा हुने विश्वकपमा छनोट हुने छन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्