मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु


 


accidentमहोत्तरी, मंसिर १

महोत्तरीको संग्रामपुरमा मोटरसाइकल दुर्घटनामा परी बुधबार एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

मेघनाथ गोरहन्नाबाट जलेश्वरतर्फ जाँदै गरेको ज४प २०१८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही मोटरसाइकलका चालक मेघनाथ गोरहन्ना–१ का ३४ वर्षीय सिकिन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

तीव्रगतिका कारण मोटरसाइकल दुर्घटनामा परेको बताइएको छ ।

प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्