चेन्नई १० औं पटक फाइनलमा, गुजरात १५ रनले पराजित


 


चेन्नई., जेठ १०
डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नई सुपर किंग्स १० औं पटक इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । ओपनर रुतुराज गायकवाडले ४४ बलमा सर्वाधिक ६० रन बनाएपछि पहिले ब्याटिङ गरेको चेन्नईले १७२ रन बनाएको थियो ।

ब्याटिङ गर्न कठिन हुँदै गएको पिचमा गुजरात १५७ रनमा अलआउट भयो। गुजरातका लागि शुबमन गिलले ३८ बलमा सर्वाधिक ४२ रन बनाए ।

यस खेलमा पराजित भए पनि गुजरातको टोली फाइनलको दौडमा कायम छ । गुजरातले अब बुधबार एलिमिनेटर(१ को विजेतासँग खेल्नुपर्नेछ। यस एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्नेछ।

गुजरातले टस जितेर बलिङ रोजेको छ । पहिले खेलेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । जवाफमा गुजरात २० ओभरमा १५७ रनमा अलआउट भयो। यो जितको नायक बने ऋतुराज गायकवाड । उनले ४४ बलमा ६० रनको महत्वपूर्ण इनिङ खेले। डेभोन कोनवे ९३४ बलमा ४०० को जोडीले ६४ बलमा ८७ रनको ओपनिङ साझेदारी गरे । त्यसपछि रविन्द्र जडेजाले १६ बलमा २२ रनको योगदान दिए । अजिंक्य रहाणे र अम्बाती रायुडुले समान १७–१७ रन जोडे ।

१७३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको गुजरातको टोलीले नियमित अन्तरालमा विकेट गुमायो । टोलीका ५ फिनिसरले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । जसका कारण टोलीले हार बेहोरेको थियो ।

गुजरातका ओपनर शुभमन गिलले ३८ बलमा ४२ रन बनाए भने लोअर मिडल अर्डरमा राशिद खानले १६ बलमा ३० रन बनाए। दासुन शनाकाले १७ र विजय शंकरले १४ रनको योगदान दिए । चेन्नईका लागि रविन्द्र जडेजा, दीपक चाहर, महिश टिक्षाना र मथिस पाथिरानाले २–२ विकेट लिए । तुषार देशपाण्डेले एक विकेट लिए ।

प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्