शतप्रतिशत संविधान संशोधन हुँदैन-प्रधानमन्त्री


 


prachandaकाठमाडौं, मंसिर १

प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ट पक्षहरुले भने जसरी शतप्रतिशत संविधान संशोधन हुन नसक्ने बताएका छन् ।

आज राजधानीमा आयोजित ‘अन्तर्राष्ट्रिय शान्ति सम्मेलन’मा बोल्दै उनले मधेसी मोर्चालगायतका दलहरुका सबै माग सम्बोधन हुन नसक्ने स्पस्ट पार्दै संशोधनमार्फत् अधिकतम् माग सम्बोधन गर्ने बताए ।

नेपालको शान्ति–प्रक्रिया विश्वका लागि उदाहरण भएको भन्दै माओवादीले उठाएका राजनीतिक मुद्दामा अरु दलहरु समाहित भएको दाबीसमेत प्रधानमन्त्री दाहालले गरे ।

सो अवसरमा उपप्रधान तथा गृहमन्त्री विमलेध निधिले बृहत् शान्ति–सम्झौता निष्कर्षमा पुर्‍याउन पनि संविधान संशोधन आवश्यक रहेको बताए ।

सम्मेलनमा भारतस्य बुद्धिजीवी एसडी मुनि, पूर्वभारतीय राजदूत श्याम शरण, अमेरिकी राजदूत, युरोपियन युनियनका दूतहरु, मानवअधिकारकर्मी र सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्