Deshko News
१८ आश्विन २०८०, बिहिबार

आईपीएलको उपाधिका लागि आज चेन्नाइ र गुजरात भिड्दै



काठमाडौं, जेठ १४ । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र गुजरात जायन्टसबीच फाइनल खेल हुँदैछ ।

साविक विजेता गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने चेन्नाइ मुम्बइ इन्डियन्स समान सर्वाधिक पाँचौ उपाधि जित्ने लक्ष्यमा छ ।

यस सिजनमा गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गर्दै चेन्नाइले १०औं पटक फाइनलमा स्थान बनाएको हो । चेन्नाइसँग हारे पनि अर्को मौकामा मुम्बइ इन्डियन्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै गुजरातले चेन्नाइसँग फाइनल भेट पक्का गरेको हो ।

गत सिजन पहिलो पटक आईपीएल खेलेको गुजरातले डेब्यु सिजनमै आईपीएल उपाधि जितेको थियो । चेन्नाइ कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा खेल्दैछ भने गुजरातले हार्दिक पाण्ड्याको कप्तानीमा खेल्दैछ ।

यी दुईबीचको ‘हेड टु हेड’ मा भने गुजरात अगाडि छ । चेन्नाइ र गुजरातबीच अहिलेसम्म चार खेल भएको छ । जसमा गुजरातले तीन खेल जितेको छ भने चेन्नाइले एक खेल जितेको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News