Deshko News
६ आश्विन २०८०, शनिबार

काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो



काठमाडौं । नेपाल जारी काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो भएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न तेस्रो स्थानको खेलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले तेस्रो स्थान हात पारेको हो ।

पहिलो सेट २५–२० ले गुमाएको नेपालले त्यसपछिका तीन सेटमा लगातार जित निकाल्दै तेस्रो स्थान हासिल गर्‍यो । दोस्रो सेटमा उज्वेकिस्तानलाई २५–१६ले पछि पारेको नेपालले तेस्रो र चौथो सेटमा क्रमशः २५–१५ र २५–१३ को जित निकाल्यो ।

आज हुने फाइनलमा भारत र काजकिस्तान उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । भारत समूह ए बाट अपराजित रहँदै फाइनल पुगेको हो भने, काजकिस्तान समूह बी मा अपराजित रह्यो ।

समूह चरणमा लगातार दुई खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेका उज्वेकिस्तान र नेपाल अन्तिम खेलमा पराजित हुँदा समूह उपविजेता बनेका थिए ।

नेपाल सेमिफाइनलमा ३–२ को सेटमा काजकिस्तानसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो । भने, उज्वेकिस्तान भारतसँग सोझो सेटमा पराजित भएको थियो ।

जेठ ८ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता थियो । प्रतियोगितामा नेपाल, भारत, कीर्गिस्तान र बंगलादेश, माल्दिभ्स, श्रीलंका, उज्वेकिस्तान र काजकिस्तान सहभागी थिए ।

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News