धोनीले तत्काल सन्यास नलिने


 


काठमाडौं, जेठ १६ । भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले तत्काल सन्यास नलिने भएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औँ संस्करणपछि उनले ब्यवसायीक खेलजीवनबाट पनि सन्न्यास लिने संकेत गरेका थिए ।

तर, सोमबार राति धोनीकै कप्तानीमा चेन्नई सुपर किङ्ग्स पाँचौँ पटक आईपीएलको उपाधि जितेपछि उनले आफू अझै सक्रिय खेल जीवनमा रमाउन चाहेको बताएका छन् ।

उमेरले ४१ पुगिसकेका धोनीले तत्काल सक्रिय खेलजीवनबाट सन्न्यास नलिने बताए । आफूले अझै पनि समर्थकहरुबाट अपार मायाँ पाइरहेकाले तत्काल खेलजीवनबाट सन्न्यास नलिने प्रतिक्रिया दिए ।

धोनी नेतृत्वको चेन्नईले सोमबार राति सम्पन्न आईपीएलको फाइनलमा बलियो प्रतिद्वन्द्वी गुजरात टाइटन्सलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच विकेटले हराएको थियो ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्