कपाले तमासुक जोगाउन र कसैको इच्छा पुरा गर्न संशोधन हुँदैन : ओली


 


काठमाडौं, कात्तिक ३
पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कपाले तमासुकलाई जोगाउन र कसैको इच्छा पुरा गर्न संविधान संशोधन नहुने बताएका छन् ।

शुक्रबार प्रेस चौतारी नेपालको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले राष्ट्रियतामा आँच आउने गरी संविधानको संशोधन गर्न नसकिने बताए ।

उनले संविधान संशोधनका बिषयमा औचित्य र राष्टिय आवश्यकताका साथ आउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह समेत गरे ।

अध्यक्ष ओलीले संविधान संशोधनको एजेण्डा नेपाल र नेपालीको नभएको भन्दै केही विदेशीहरुले सस्तो विचार पैठारी गरिरहेका छन्, त्यसमै नेपालका केही कथित बुद्धिजिवी र राजनीतिक दलले भविष्य देखिरहेका छन्, तर त्यसमा एमालेको दृढ संकल्प रहेको बताए ।

उनले केही राजनीतिक दलले विहान छोरी दिएर ज्वाँई बनाउने र दिउँसो नागरिकता दिने गरी संविधानको संशोधन खोजेको विषय एमालेलाई मान्य नहुने तथा विहान विहे गरेर दिउँसो नागरिकता पाउने गरी संविधान संशोधन गर्न नसकिने बताए ।

प्रकाशित मिति: ३ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्