४० जिल्लामा फैलियो लम्पी स्किन रोग


 


काठमाडौँ, जेठ २१
गाईभैँसीमा देखिने लम्पी स्किन रोग नेपालका ४० जिल्लामा फैलिसकेको छ । पशु सेवा विभागका अनुसार हालसम्म ४० लाख गाईभैँसीलाई लम्पी स्किन रोग पुष्टि भएको छ । यसबाट ७ हजार बस्तुभाउ मरेको विभागको तथ्याङ्क छ ।

नेपालमा पहिलो पटक २०७७ सालमा सङक्रमजन्य लम्पी स्किन रोग पुष्टि भएको थियो । त्यसबेला करिब ३ हजार पशुमा यो रोग पुष्टि भएको थियो । विगत गाईभैँसीमा देखिने यो रोग अफ्रिकामा मात्र सीमित थियो । तर सन् २०१२ पछि मध्यपूर्व, दक्षिण–पूर्वी युरोप, रुस, काजकिस्तान हुँदै बंगलादेश र भारतमा केही वर्षअघि यो रोग देखापरेको थियो ।

लम्पी स्किन रोग पक्स समूहको काप्रीपक्स भाइरसबाट लाग्ने पशु सेवा विभागका वरिष्ठ पशु विज्ञ तथा सूचना अधिकारी डा. चन्द्र ढकाल बताउँछन् । लम्पी स्किन रोग भैँसीमा भन्दा गाईमा बढी देखिने उनको भनाई छ । हाल नेपालका विभिन्न जिल्लामा यो सङ्क्रामक रोग देखिएकाले सचेत हुन डा. ढकालको आग्रह छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्