Deshko News
६ आश्विन २०८०, शनिबार

मलेसियाविरुद्धको टी–ट्वान्टी सिरिज नेपालले जित्यो



काठमाडौं, जेठ २१ । नेपालले मलेसियाविरुद्ध पाँच खेलको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेको छ ।

आइतवार भएको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै सिरिज ३–२ ले जितेको हो ।

अन्तिम खेलमा जितका लागि पाएको ११० रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि सिता राना मगरले सर्वाधिक ३४ रन बनाइन् भने कप्तान रुविना क्षेत्रीले २३ रनको योगदान गरिन् । अप्सरी बेगमले १५ रन जोडिन् ।

मलेसियाका लागि आइना हसिमले २ तथा महिरन इस्माइल, विनिफ्रेड अन्नी, आइस्या इलिसा र नुर डानियाले १–१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा रन १०९ जोडेको थियो ।

यसअघिका चारमध्ये २ खेल नेपाल तथा २ खेल मलेसियाले जितेको थियो ।

प्रकाशित मिति: २१ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News