Deshko News
१८ आश्विन २०८०, बिहिबार

सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाँदै



काठमाडौं, जेठ २१ । नेपाली क्रिकट टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले जिम्बाबेमा आयोजना हुने आईसीसी विश्वकपको क्यवालिफायर खेल्ने भएका छन् ।

विश्वकप क्यालिफायरका लागि अभ्यास खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि नै दक्षिण अफ्रिका प्रस्थान गरिसकेको छ ।

नाबालिग बालात्कारको अभियोगमा उनीमाथि दायर गरिएको मुद्दा हाल न्यायालयमा विचाराधिन अवस्थामा छ । त्यसैले सन्दीप टोलीका अन्य खेलाडीसँग दक्षिण अफ्रिका जान पाएका थिएनन् ।

अदालतले सन्दीपको मुद्दाको पेसी आगामी असार २९ गतेका लागि सारेपछि उनी खेल खेल्न पाउने नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताए । उनका अनुसार सन्दिप सोमबार दक्षिण अफ्रिका प्रस्थान गर्दैछन् ।

प्रकाशित मिति: २१ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News