Deshko News
१८ आश्विन २०८०, बिहिबार

विश्वकप क्रिकेट छनौट खेल्न आज अफ्रिका जाँदै सन्दीप लामिछाने



काठमाडौं, जेठ २२
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् ।

अदालतमा नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः प्रशिक्षक मोन्टी देशाइसँगै उनी आज दक्षिण अफ्रिका जान लागेका हुन ।

काठमाडौँ जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई ‘अपवाद’ का रूपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो ।

अब उनको तारिख २९ असारमा राखिएको छ । लामिछाने आज प्रशिक्षक देसाईसँगै राती २ बजे अफ्रिका जाने बुझिएको छ ।

नेपालले ८ जुनमा स्कटल्यान्डसँग दक्षिण अफ्रिकामा वार्मअप खेल खेल्नेछ। त्यसपछि नेपाली टोली जिम्बाबे जानेछ। जिम्बाबेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ।

प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News