यी राेइरहेकी अामाकाे श्रीमान् र छाेराहरूकाे परिचय खुल्याे


 


kanchan-regmi-sharmaकाठमाडौं, मंसिर ४

बिहिबार कान्तिपुर टिभिमा बरिष्ठ पत्रकार सुमन खरेलले सञ्चालन गर्ने ‘सुमन संग’ कार्यक्रममा आएकी कञ्चन शर्मा रेग्मीको जिवनगाथा देखेर सामाजिक सञ्जालमा थुप्रै क्रियाप्रतिक्रिया जन्मिएका छन् । उनका याे अन्तर्वार्ता हेरेर कञ्चन शर्माकाे पक्षमा मानिसहरू भावव्हिल भएका छन् भने उनका श्रीमान र छाेराप्रति अाक्राेशित बनेका छन् ।

कञ्चनका श्रीमानकाे परिचय समेत खुलेकाे छ । टेलिभिजनमा उनकाे परिचय खुलेकाे थिएन मात्र इन्जिनिययर हुन भनिएकाे थियाे । उनका पति मोहन रेग्मी रहेकाे बुझिएकाे छ । उनि ईन्जिनियर हुन् भने उनका दुई छोराहरु सागर र दिपेन्द्र पनि ईन्जिनियर छन् ।

पारिवारिक आर्थिक सम्पन्नता भएता पनि उमेरले पाको भएकी कञ्चनलार्इ उनको परिवारले बिना कारण घर निकाला गरिदियो ।

अनेकौ रातहरु चिताको आगो नजिक विताएको र परिवारबाट अपहेलित भएको टेलिभिजनमा बताएपछि  कन्चन शर्मा रेग्मीको समर्थनमा यतिबेला सामाजिक सञ्जाल जुर्मुराएकाे छ ।

कन्चनले भोग्नु परेको यो नियतिको चर्को विरोध भइरहेको छ । सामाजिक सञ्जाल र युवाहरुको समुहमा उनका पति मोहन रेग्मीलाई देश निकाला गर्नुपर्ने समेत माग उठाएका छन् ।

फेसबुक र टुविटरमा याे विषयले प्रमुखता पाएकाे छ । युटुवमा भिडियाे अपलाेड भएकाे एक दिनमै याे समाचार तयार पार्दासम्म १ लाख ६७ हजार बढीले भिडियाे हेरेका छन् भने ८ सय कमेन्टहरू अाएका छन् ।

कार्यक्रमकाे दाैरानमा कञ्चनका अाँखाबाट अासु धाराहरू खसेकाे प्रष्ट देखिन्छ । छोरा टक्सन गाडी चढेर हिड्ने गरेकाे अाफू फाेहाेरकाे थुप्रोमा फालिदासम्म नहेरेकाे अन्तर्वताकाे क्रममा कञ्चलने बताएकी थिइन । छाेरा भनेर बाेलाउँदा हात हल्लाउँदै गाडीमा गुड्ने गरेकाे बताउँदा जाे काेहीकाे मन कुडिन्छ, भक्कानिन्छ ।

फाेहाेेरकाे थुप्राेबाट पवित्र समाज सेवाकी दिक्षा चाँपागाइले उनलार्इ स्कुटरमा लगेकाे र हाल अाफू त्यही बस्दै अाएकाे बताएकी थिइन । उनले अन्तर्वाताका क्रममा अाफ्नाै सिर्जना समेत सुनाएकी थिइन ।

नखुलेको आकाश खुलेर आयो

उ सायद यो बाटो भुलेर आयो।

झर्यो त के भो जाही र जुही त्यो पलास मनमा फुलेर आयो

न त तर्न सक्नु न त डुब्नै सक्नु यो भेल कस्तो हो उर्लेर आयो।

उनीलाई भुल्न उठाए प्याला

तर त्यो प्यालामा आसु घुलेर आयो

तर त्यो प्यालामा आसु घुलेर आयो।। –

कञ्चनसँगकाे अन्तर्वाता हेर्नुहाेस्

प्रकाशित मिति: ३ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्