बंगलादेशमा आधा शताब्दी यताकै लामो गर्मी


 


काठमाडौं, जेठ २५
बंगलादेशमा आधा शताब्दी यताकै लामो गर्मी भएको छ ।

राजधानी ढाकालगायत बंगलादेशभर तापक्रम बढ्ने र तातो हावासहितको गर्मी चढ्ने क्रम जारी छ । गर्मीका कारण जनजीवन चौपट भएको छ भने देशभरका विद्यालयहरु बन्द गरिएका छन् ।

राजधानी ढाकाको तापक्रम ४२ डिग्री सेल्सियस माथि पुगेको छ । सन् १९७१ मा बंगलादेश बने यता यति लामो गर्मीको सामना गर्नु परेको पहिलो पटक भएको त्यहाँका मौसविद्हरुले बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गर्मीका कारण एयर कन्डिसनर, कुलर र पंखाको माग बढे पनि उर्जा अभावका कारण त्यस्ता उपकरणको प्रयोग हुन सकेको छैन ।

कोइलाबाट सञ्चालित उर्जा प्लान्टहरुले भार थेग्न नसक्दा लामो लोडसेडिङ हुने गरेको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्