म्याच फिक्सिङ्ग गरेको आरोपमा दुई चिनियाँ खेलाडीमाथि आजीवन प्रतिबन्ध


 


एजेन्सी, जेठ २५
म्याच फिक्सिङ्ग गरेको आरोपमा दुई चिनियाँ खेलाडीमाथि आजीवन प्रतिबन्ध लगाइएकाे छ ।

अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार चिनियाँ खेलाडी लियाङ्ग वेन्बो र ली ह्याङ्गलाई खेलबाट आजीवन प्रतिबन्ध लगाएको छ।

विश्व व्यावसायिक बिलियर्ड्स एण्ड स्नूकर एसोसिएसनले म्याच फिक्सिङ्ग गरेको आरोपमा यी दुई खेलाडीलाई आजीवन प्रतिबन्ध लगाएको हो ।

यो जोडीले स्नूकर खेलमा फिक्स गरेको, अन्य खेलाडीहरूलाई म्याच फिक्स गर्न र खेलमा बाजी लगाउन प्रोत्साहन गर्ने तथा अन्य नियम उल्लङ्घन गरेको बताइएकाे छ। उनीहरूले जुन २० सम्म यो फैसलाबिरुद्ध पुनरावेदन गर्न सक्नेछन्।

यस्तै एक वर्ष आठ महिनाको प्रतिबन्धमा परेका पूर्व युके च्याम्पियनसिप विजेता झाओ जिन्टोङ्ग र २०२१ मास्टर्स च्याम्पियन यान बिङ्गटाओलाई पाँच वर्षको लागि प्रतिबन्धित सहित अन्य आठ चिनियाँ खेलाडीलाई निलम्बन गरिएको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्