Deshko News
१८ आश्विन २०८०, बिहिबार

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, बजेटमाथिको छलफल जारी रहने



काठमाडौं, जेठ २७
प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ः०० बजे सङ्घीय संसद् भवन बानेश्वरमा बस्न लागेको हो ।

बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ । गत जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेट माथि पछिल्ला दिनमा निरन्तर छलफल चलिरहेको थियो । हालसम्म उक्त बजेटमा १ सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा र जिज्ञासा राखिसकेका छन् ।

यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन–२०७९ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट वि.सं. २०४८ सालमा तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित, वि.सं. २०६४ सालको संविधानसभामा मन्त्रिपरिषद्बाट मनोनीत सदस्य महेश चौधरीको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News