Deshko News
१८ आश्विन २०८०, बिहिबार

सीके राउतको सरकारमा जाने दाउ



काठमाडौं, जेठ २६
सीके राउत नेतृत्वका जनमत पार्टी सरकारमा जाने दाउ हेरेर बसेको छ ।

अघिल्ले गठबन्धनबाट पुस १० मा बनेको सरकारमा सहभागी उक्त दलले गठबन्धन परिर्वतनसँगै रोजेको मन्त्रालय नपाएको भन्दै सरकारबाट बाहिरिए पनि अहिले पुन सरकारमा जाने दाउ हेरेर बसेको हो ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक मन्त्रीपरिषद विस्तार गर्दा जनमत पार्टीका अब्दुल खाँलाई खानेपानी मन्त्री बनाउनु भएको थियो ।

तर, रोजेको मन्त्रालय नपाएको भन्दै सत्ता गठबन्धनको सरकारलाई दिएको समर्थन कायम राख्दै गत १७ चैत्रमा मन्त्रीबाट राजीनामा दिएर छोडेका थिए ।

पछिल्लो समय उक्त दलका अध्यक्ष सीके राउतले परिस्थिति बनेमा आफूहरु सरकारमा सहभागी हुने बताउँदै आएका छन् ।

राउतले पछिल्लो समय प्रधानमन्त्रीसँग सरकारमा सहभागीताको विषयमा कुराकानी हुन नपाएको बताउँदै परिस्थिति मिले सरकारमा जान तयार रहेको बताए ।

प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News